

आज पनि चारवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- चार प्रदेशमा आज दिउँसो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मधेश, बागमती, गण्डकी र प्रदेश १ मा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। आज राती देशको पहाडी भूभागमा आंशिक बदली हुने छ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा भइरहेको छ।

