

प्रधानसेनापति शर्मा र भारतका नवनियुक्त सेना प्रमुख पाण्डेबिच भिडियो कन्फरेन्समार्फत कुराकानी

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त सेना प्रमुख मनोज पाण्डेसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका छन् ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार शर्माले पाण्डेसँग भिडियो कन्फरेन्समार्फत बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कुराकानीका क्रममा शर्माले नेपाली सेना र भारतीय सेनाबिच रहँदै आएको परम्परा विशिष्ट सम्बन्ध र आपसी सहयोग जनरल पाण्डेको कार्यकालमा अझ उचाइ पुग्ने विश्वास व्यक्त गरेको निर्देशनालयले जनाएको छ ।
त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । जवाफमा पाण्डेले आपसी समन्वय र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको सेनाले जनाएको छ ।

