

काठमाडौंमा आजदेखि मेलम्चीको २७ करोड लिटर पानी वितरण हुने

काठमाडौं – काठमाडौं काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ।
केयूकेएलले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाउन लागेको हो।
केयूकेएलका प्रमुख मिलन शाक्यले आइतबार बिहान ११ बजेसम्म काठमाडौंवासीको धारामा पुग्ने जानकारी दिए।
प्रणालीमा १७ करोड लिटर पठाएसँगै उपत्यकामा अब २७ करोड लिटर पानी वितरण हुनेछ।
यसअघि वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो।

