

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्त गर्ने तयारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने बताइएको छ । दुवै सङ्गठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आइजिपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

