भैरहवा विमानस्थलमा जहाजको टायर पड्कियो, सबै उडान अवरुद्ध


काठमाडौं – रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ ।

७० जना यात्रुसहति काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै रहेको कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दियो ।

प्रतिक्रिया