

पछिल्लो २४ घण्टामा २१ जनामा संक्रमण, २७१ जना सक्रिय संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् ।

