

विराटनगरको मेयरमा दुई स्वतन्त्र उम्मेदवारकाे मनाेनयन दर्ता

विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा दुई स्वतन्त्र उम्मेदवारले मनाेनयन दर्ता गरेका गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादव र सक्रिय गौतमले मनोनयन दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गरेका थिए । सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उनले पार्टी छोडेका हुन् ।
मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताएकाे छ ।

