भित्ताको पात्रो फेरिएसँगै सम्पूर्ण नेपालीको जनजीवनमा स्तरवृद्धि होस्ः पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष बदलिएसँगै सबैको हर्ष पनि बढ्नुपर्ने र भित्ताको पात्रो फेरिएसँगै जनजीवनमा पनि स्तरवृद्धि हुनुपर्ने बताएका छन ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नाा, गहकिला आशा, आश्विासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनमानसमा शान्त र सन्तुष्ट पार्न नसकेको बताएका छन् ।

उनको सन्देशमा भनिएको छ, ‘प्यारो मातृभूमि नेपाल त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषणको रुपमा रहेता पनि आफ्नै भू-बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्ता तथा परम्पराले गौरवान्वित रही आएको छ ।’

उनले नयाँ वर्षले सबैको भलो गरोस् भन्दै प्रत्येक नेपालीको सपना साकार होस् र सबै प्रयास उपलब्धिमा परिणत होस् भन्ने पनि कामना गरेका छन् ।

No description available.

प्रतिक्रिया