

आज राती १२ बजेबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आज राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।
आयोगले आज पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित हुनुका साथै सञ्चारमाध्यममार्फत आमनागरिकमा समेत प्रचारप्रसार भएको बताए ।
आचारसंहितामा भएका प्रावधान सबै राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला पक्षले पूर्ण रुपमा पालना गर्न उनले आग्रह पनि गरेका छन् ।

