सिन्धुपाल्चोकमा सशस्त्र प्रहरीद्वारा बिओपी स्थापना


काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, १६ नम्बर गण सिन्धुपाल्चोकको मातहतमा रहेको बिओपीले सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

सिन्धुपाल्चोक सदरमुकामदेखि ११४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा बिओपी रहेको छ ।

प्रतिक्रिया