ललितपुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


काठमाडौं – ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो ९बुधबार० साँझ साढे ५ बजे ठक्कर दिँदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

प्रतिक्रिया