डिआईजीले बाँडेको लड्डुमा नङ परेपछि…


काठमाडौं – कमलपोखरीस्थित आँगन स्वीट्मा खरिद गरिएको मिठाईमा मानिसको नङ भेटिएपछि छापा मारिएको छ ।

गृह मन्त्रालयबाट डिआईजी बढुवाका लागि सिफारिसमा परेका डा. देवबहादुर बोहोराले कमलपोखरीस्थित आँगनको स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, एउटा मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई खबर गरे ।

सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा मारेको छ । प्रहरीले छापा मार्ने क्रममा उक्त मिठाई पसलका सञ्चालक प्रकाश डोटेल पक्राउ गरेको छ ।

प्रतिक्रिया