चिनियाँ टोलीले देउवासँग भेटेर सम्झियो वीपी कोइराला


काठमाडौं– काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त रहेको चिनियाँ उच्चस्तरीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवासमा भेटेर वीपी कोइरालाको स्मरण गरेको हो। चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश देउवालाई सुनाउँदै चीन भ्रमणको निम्तो दिएको थियो।

कांग्रेस नेताहरुले ग्लोबल टाइम्सको पछिल्लो खबरतर्फ इंगित गर्दै चिनियाँ सञ्चारमाध्यममा आएको विषय उठाएका थिए । ‘उहाँहरुले कहिलेकाहीँ असमझदारी हुनसक्छ, यसलाई सम्वादबाट हल गर्न सकिन्छ भन्नुभएको छ,’ भट्टराईले भने ।

भट्टराईका अनुसार चिनियाँ टोलीले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा हुने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया