पीएसजीविरूद्ध रियल म्यड्रिडकाे शानदार जित, बेन्जमाको ह्याट्रिक


काठमाडौं – रियल म्यड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराति भएको दोस्रो लेगमा पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्यड्रिडले समग्रमा ३-२ को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको हो।  पिएसजीमाथि शानदार जित निकाल्न रियल म्यड्रिडका लागि करिम बेन्जमाले ह्याट्रिक पूरा गरे गरेका थिए ।

१-० गोल अन्तरले पछि परेको रियलका लागि खेलको ६१औं, ७६औं र ७८औं मिनेटमा गोल गर्दै बेन्जमाले शानदार पुनरागमन गराए। यसअघि पिएसजीका लागि किलियन एम्बाप्पेले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिड क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तरगत गएराति नै भएको खेलमा स्पोर्टिङ लिस्वनसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटीले अन्तिम आठमा स्थान बनाएको हो।

दोस्रो लेगमा बराबरी खेले पनि पहिलो लेगमा सिटी ५-०ले विजयी भएको थियो।

प्रतिक्रिया