टर्कीमा बिहीबार २०० बढी उडान रद्द हुने
काठमाडौं – टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन् । इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका हुन् ।
उनीहरूले बुधबार बताए अनुसार, इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ ओटा उडान रद्द भएका हुन । ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ ओटा र ७१ ओटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन ।
त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । मौसममा सुधार नभएमा अरु उडान पनि रद्द हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन्।