प्राइम बैंकले पायो २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति


काठमाडौं – प्राइम कमर्सियल बैंकले २ अर्ब भन्दा बढीको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।
जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।

बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिंङले काम गर्नेछ ।

प्रतिक्रिया