नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको साधारण सभा चैत १६ गते


काठमाडौं –  नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले वार्षिक साधारण सभा चैत १६ गते आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।यस्तै, कम्पनीको नियमावली संसोधन गर्ने तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्ने एजेन्डा छ ।

प्रतिक्रिया