

अमेरिकाको एक हाईस्कूलमा गोली चल्दा एक जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

अमेरिका – अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सीएनएनले जनाएअनुसार डेस मोइनेस शहरको पूर्वी हाई स्कूल बाहिर गोलीबारीको क्रममा तीन व्यक्तिलाई चोट लागेको थियो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार गोलीबारीका संदिग्धहरू प्रहरी हिरासतमा छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी छ ।

