


एशियन लाइफले गर्याे १ लाख ३३ हजार बीमा दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको दैलेख शाखाले दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ निवासी स्वर्गिय धिरेन्द्र बहादुर शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरेको हो ।
चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही, एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो ।

