रोकिएको पोखरा–मुस्ताङ हवाई उडान फेरि सुरु


पोखरा – अढाई महिनादेखि रोकिएको पोखरा मुस्ताङ हवाई उडान सुरु भएको छ। कोभिड संक्रमण, खराब मौसमसहितका कारणले करिब अढाई महिनादेखि अवरुद्ध रहेको मुस्ताङको जोमसोम विमानस्थलमा आइतबारदेखि पोखराबाट उडान शुरु भएको हो। गएको पुस ५ गतेपछि पोखरा जोमसोम उडान अवरुद्ध भएको थियो।

जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माका अनुसार आइतबार पोखराबाट मुस्ताङका लागि तारा एयरले ५ ओटा उडान भरेको छन्। विशेष गरी भारतीय तीर्थयात्री मुक्तिनाथ दर्शनका लागि पोखराबाट जहाजमार्फत मुस्ताङ जाने गरेका छन्।

पर्यटकहरूको सिजन सुरु भएकाले अब पोखरा मुस्ताङ हवाई उडान बाक्लै हुने अपेक्षा व्यवसायीले गरेका छन्।

 

प्रतिक्रिया