

राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् ।
प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्र्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उनले बताए ।

