
११ सदस्यीय महाभियोग सिफारिस समिति गठन, एमाले सांसद पनि रहने
काठमाडौं – प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत पारित गरेको हो ।
संसद् बैठक विरोधमा रहेको एमालेका सदस्यहरु समेत समितिमा समावेशी छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठक २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
आजको बैठकमा पनि सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।



कागजपत्र |
