अभियुक्त अभिनेता शाहको अदालतमा बयान सुरु


काठमाडौं – अभिनेता पल शाहको आज तनहुँ जिल्ला अदालतले बयान लिएको छ।

नाबालिका बलात्कार आरोपपछि गत आइतवार आत्मसर्मपण गर्न तनहुँ प्रहरीमा पुगेका अभिनेता शाहको बयान बुधबारबाट अदालतमा सुरु भएको हो ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हाल उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।

प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ ।

प्रतिक्रिया