सूर्या लाइफले प्रतिमहिना १२ सयमा १ करोडको बीमा गरिदिने


काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षाकवच’ नामको बिमा योजना ल्याएको छ । कम्पनीले बिमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भई न्यूनतम बिमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस् भन्ने उद्देश्यले नयाँ योजना ल्याएको हो ।

योजनाअनुसार १८ वर्षको उमेर समूहले एक करोड रुपैयाँको बिमामा वार्षिक १४ हजार पाँच सय ५० रुपैयाँ वा मासिक एक हजार दुई सय रुपैयाँमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने उद्देश्यले सम्भवतः नेपालको बिमा बजारमा सबैभन्दा न्यून बिमाशुल्कमा यो योजना ल्याएको कम्पनीको दाबी छ ।

बीमा गर्दा ठूलो धनराशी आवश्यक पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवनबीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

सूर्या सुरक्षाकवज न्यूनतम एक लाख रुपैयाँदेखि आयस्रोतका आधारमा जति पनि गर्न सकिने जनाइएको छ । जोखिम वहनका साथै अतिरिक्त किरियाखर्चसहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरूसँग सम्मिश्रण गरी थप जोखिम वहन हुने गरी लिन सकिने कम्पनीले जनाएको छ । एकदेखि ३० वर्षसम्म बिमा अवधि भएको यो जीवन बिमा योजनामा बिमितको इच्छानुसार एकल भुक्तानी वा वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया