रौतहटमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु


रौतहट – रौतहटमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ । आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर कटहरिया नगरपालिका २ हंथियाही गाउँका स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो ।

स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् ।

मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रतिक्रिया