रुसमा एप्पलका सबै सामानको विक्री बन्द


रुस – प्रविधि कम्पनी एप्पलले युक्रेनमाथि रुसले आक्रमण गरेकाले रुसमा आफ्ना सबै उत्पादनको विक्री बन्द गरेको छ।

उक्त कम्पनीले यसअघि नै एप्पल पे र आफ्ना अरू सेवामा रुसभित्र मानिसहरूको पहुँच सीमित पारेको थियो।

यसअघि सामाजिक सञ्जाल फेसबुक र यूट्यूबले युरोपभरि रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएका थिए।

अर्को सामाजिक सञ्जाल ट्विटरले रुसी सरकारी सञ्चारमाध्यमका सामग्रीसम्बन्धी लिङ्कमा चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया