माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। एमसीसीका विषयमा पूर्व-स्थायी समिति बैठकले निर्णय गरेपनि केन्द्रीय समितिबाट अनुमोदन हुनेभएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् ।

पार्टीको ८ औं महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन् । त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन् ।

बैठक बस्नु अघि नै प्रचण्डले एमसीसीका विषयमा हिजो पत्रकार सम्मेलन गरेर प्रष्ट पारेका थिए ।

प्रतिक्रिया