

स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने काँग्रेसको तयारी

काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन्।
सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि उनले बताए । यसका साथै, नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि एकमहिने संगठन सुदृढीकरण अभियान पनि सुरु गर्ने भएको छ ।
आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनले जनाए । यसपटक नेपाली काँग्रेसले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरेको छ ।

