

बन्दकर्ताले गरे काठमाडौं मल अगाडी सार्वजनिक गाडी तोडफोड

काठमाडौं – सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडी तोडफोड गरेका छन्। बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन्।
मोटरसाइकलमा सवार बन्दकर्ताहरुले गाडीमा ढुंगा हानेर भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए। ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ।
अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन्।

