चितुवाको छालासहित धनगढीबाट ३ जना पक्राउ


धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले चितुवाको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका४ का ३१ वर्षीय किरन पुन, डोटी आर्दश गाउँपलिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र योगेन्द्र धामी रहेका छन् ।

बिषेश सूचनाका आधारमा प्रदेश प्रहरीको विशेष टोलीले कैलाली गोदावरी–२ अत्तरिया बजारमा रहेको मिड प्वाइन्ट होटलबाट शुक्रबार बिहान चितुवाको हड्डीसहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार प्रहरीले एक थान चितुवाको छाला, हड्डी दुई थान बरामद गरेको हो । आवश्यक कारबाहीका लागि प्रहरीले शुक्रबारै वन डिभिजन कार्यालय धनगढीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया