पल शाहको निर्णय सम्मान छ, रियल हिरोः अभिनेत्री पुजा शर्मा


काठमाडौं – अभिनेता पल शाहको आत्मसमर्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले सम्मान गरेकी छन्। पूजाले सामाजिक सञ्जालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन्, ‘सम्मान छ रियल हिरोलाई। सत्यको जित अवश्य हुनेछ।’

पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने जानकारी फेसबुकमार्फत गराएका थिए। एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन्।

पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ। पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन्।

प्रतिक्रिया