माओवादी केन्द्रद्वारा टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय


काठमाडौं – अन्ततः नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) मा संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

प्रतिक्रिया