सर्प अध्ययनका लागि ७२ करोड पारेका खनालले भने– ओली गोमन जस्ता रहेछन्


काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोम सर्पसँग तुलना गरेका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा खनालले इबी साँध्ने प्रवित्ति भएका ओली गैरकम्युनिस्ट रहेको बताए।

सर्प अध्ययन केन्द्र तथा उपचारको औषधि अध्ययनका लागि राज्यसँग ७२ करोड लिएर आलोचित बनेका खनालले ओलीलाई सर्पकै बिम्ब हालेर आलोचना गरेका हुन्। उनले भने,‘गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंग्ने गर्छ, ओली त्यस्तै रहेछन्।’

पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने उनको कथन थियो। संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिने उल्लेख गरेका उनले भने,‘रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र ? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’

प्रतिक्रिया