


रुसी आक्रमणको दोस्रो दिन : युक्रेनको राजधानी किएभमा कैयौँ विस्फोट

युक्रेन – युक्रेनमाथी रुसी आक्रमणको दोस्रो दिन आज युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन्।
सीएनएनको एउटा टोलीका अनुसार शुक्रवार सखारै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।
आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।
त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताए। युक्रेनी सेनाले त्यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।
रुसद्वारा गरिएको आक्रमण परि हिजो पहिलो दिन सेनासहित १३७ युक्रेनी नागरिकको मृत्यु भएको थियो ।

