खुमलटारबाट फर्किए लगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। मन्त्री खाँण माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारबाट फर्किए लगतै बालकोट पुगेका हुन्ल । उनी आज बिहान पूचण्डलाई भेट्न खुमलटार गएका थिए ।
गृहमन्त्री खाण र अध्यक्ष ओलीबी आज बिहान झण्डै एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए। तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ।