
१४ वर्षीय बालकको शव बलम्बुमा फेला
काठमाडौं – काठमाडौंको बलम्बुमा एक बालकको शव फेला परेको छ। चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा १४ वर्षीय अनिस रावतको मंगलबार शव फेला परेको हो।
मंगलबार बिहान साढे ८ बजे बालक रावतको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।
उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा कक्षा ६ मा अध्ययनरत अनिस सोमबार ४ बजे घरबाट निस्केका थिए। उनको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको थियो।
शवमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ। अनिसले लागुऔषध सेवन गर्दै आएको र उनको हत्या भएको हो वा आत्महत्या त्यसको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
