नुवाकोटमा बस पल्टिँदा ५६ जना घाइते, ७ जनाको अवस्था गम्भीर


काठमाडाैँ – नुवाकोटको स्पिाङमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। किस्पाङ गाउँपालिका-३ किटनी बगरमा आइतबार बागमती प्रदेश ३-०१-०६ ख १५४१ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। घाइते एक जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।धेरै यात्रु चढेकाले बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

सामान्य अवस्थाका घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका बाँकी ६ जना घाइतेलाई पनि उपचारका लागि काठमाडौं लगिएको छ।

प्रतिक्रिया