

सत्ता गठबन्धनकाे सहमतिसँगै एमसीसी आजै संसदमा टेबल हुने

काठमाडौं – सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो ।
लामो समयदेखि सत्ता गठबन्धनमा छलफलको विषय बनेको अमेरीकी सहयोग एमसीसी संसदमा पेस गर्ने सहमति भएसँगै आजकै बैठकमा एमसीसी टेबल गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘आज एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।,’ मन्त्री कार्कीले भने, ‘जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ’, उनले थपे ।
संसद् बैठक आज दिउँसो १ बजे बस्ने छ । संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठक नेकपा एमालले बहिसकार गर्ने भएको छ ।

