स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्ने समय भाेलिदेखि : आयोग


काठमाडाैं – २०७९ सालको बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मकाे समय ताेकेको छ ।

आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गएकाे माघ २४ गतेकाे मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको थियाे ।

प्रतिक्रिया