

भोलिको संसद एमसीसी टेबल हुने सम्भावना : कानूनमन्त्री बडु

काठमाडौं – कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गरेका छन् । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताए ।
मन्त्री बडूका अनुसार पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेका थिए । यसमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिवकरिब सहमत भएको उनको दाबी छ ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको एमसीसीको विषयमा आवश्यक निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी छ ।

