बरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन


काठमाडौं — वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ।

शर्माको ८७ वर्षको उमेरमा आज (मंगलबार) बिहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९९१ असार ९ गते इलाममा जन्मिएका शर्मा मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री, महेन्द्र विद्याभूषणलगायतका अनेकौं सम्मान र पुरस्कारबाट पुरस्कृतक भएका थिए ।

लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मालाई मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या रहेको थियो ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ । ‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध सङ्ग्रहका सर्जक शर्माको  नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

शर्माको  अन्त्येष्टि आजै मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने छ।  शर्माका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया