महाभियोगबारे हामीसँग सल्लाह नै गरिएन : जसपा


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता डम्बर खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको विषयमा गठबन्धनले कुनै सल्लाह नगरेको बताएका छन् ।

खतिवडाले भने-‘हामीले बिहान ८ बजेतिर जानकारी प्राप्त गरेका छौं । तर यस विषयमा हामीसँग कुनै सल्लाह भएको छैन । यस विषयमा हामी जानकारी खोजिरहेका छौं’, ‘यसले ल्याउन सक्ने साइड इफेक्टसहितको विषयमा छलफल हुने छ । के कारणले ल्याइएको हो त्यो बुझेपछि थप प्रतिक्रिया आउँछ ।’

खतिवडाका अनुसार २ महिनाअघि कानुन व्यवसायीहरूले महाअभियोगको विषयमा छलफल गर्न आएका थिए । तर त्यसबेला आफूहरूले अदालतको विषयमा प्रवेश गर्दा नराम्रो हुने सुझाव दिएको उनले बताए । ‘त्यस समयमा अदालतको विषयमा प्रवेश गर्दा राम्रो नहुने सुझाव दिएका थियौं,’ उनले भने ।

आइतबार कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हुन्। दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका छन् ।

प्रतिक्रिया