भोलिदेखि विद्यालय सञ्चालन गर्ने ललितपुर महानगरपालिकाको निर्णय


काठमाडाैँ –  ललितपुर महानगरपालिकाले फागुन १ (आइतबार) देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।  कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि बन्द गरिएका विद्यालय फागुन १ देखि पुनः सञ्चालन गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाले जनाएको छ।

विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालन गरी फागुन १ देखि सञ्चालन गर्ने महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए।

महानगरले विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पुगेका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या विचार गरी आलोपालो वा सिफ्ट प्रणालीका आधारमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने जनाएको छ।

प्रतिक्रिया