

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पाँचौँ दिन आज (बिहीबार) पनि नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५०० रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

