प्रचण्डलाई भेट्न कांग्रेस नेता कोइराला खुमलटारमा, एमसिसी र चुनावी गठबन्धनबारे छलफल


काठमाडौं – सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रचण्ड निवास खुमलटार पुगेका छन् ।  अध्यक्ष दाहाललाई भेट्न आज (बिहीबार) बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका हुन्।

नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो।

कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता सिंहले बताए। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरेको तर नेता कोइरालाले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा हो राखेको एक नेताले बाताए ।

माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए। यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए।

कोइरालाले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई उनको निवास बालकोटमै पुगेर भेट गरेका थिए।

प्रतिक्रिया