राप्रपा पदाधिकारी बैठक बस्दै


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पछिल्लो समय देखापरेको विवाद समाधानका लागि पदाधिकारी आज बैठक बस्दै छ ।

धूमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ।

पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।

प्रतिक्रिया