पर्यटनमन्त्री आलेले अदालतको अपहेलना गरेको भन्दै फेरि सर्वोच्च पुगे सीइओ रेग्मी


काठमाडौँ : पर्यटनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेले अदालतको अपहेलना गरेको भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ धनन्जय रेग्मी फेरि सर्वोच्च पुगेका छन् । उनले बुधबार सर्वोच्चमा मन्त्री आले, सचिव न्यौपाने र बोर्डद्धारा गठित छानबिन समितिविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता गरेका हुन् ।

सर्वोच्चको अन्तरिम आदेशले काममा फर्किएका सीइओ रेग्मीलाई पटक पटक बाधा अड्चन पुग्ने गरि काम गर्न रोक लगाउन खोज्दै सर्वोच्चको आदेशको अपहेलना गरेको भन्दै उनका तर्फबाट जीवन घिमिरेले वारेसनामामार्फत अपेहलना मुद्दा दर्ता गरेका हुन् ।

केही समयअघि विमानस्थलमा कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै सीइओ रेग्मीलाई स्पष्टीकरण सोधेका पर्यटनमन्त्री आलेले त्यसयता आलोचना गर्दै आएका छन् । सार्वजनिक रुपमा आलोचना गर्नुका साथै उनले सुरुमा स्पष्टीकरण, पछि छानबिन समिति गठन गरेर निलम्बन गरेका थिए ।

यसबीचमा सर्वोच्च पुगेका सीइओ रेग्मीले अन्तरिम आदेश पाएर कामलाई निरन्तरता दिएका थिए । अदालतले काम गर्न आदेश दिएपनि काममा रोक लगाउने मन्त्री आलेविरुद्ध सीइओ रेग्मी सर्वोच्चमा अपहेलना मुद्दा दर्ता गर्न पुगेका हुन् ।

प्रतिक्रिया