फागुन तेस्रो साताबाट इन्डोर क्रिकेट


काठमाडाैं – प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।

हिमालय स्पोर्टस् म्यानेजमेन्ट प्रालिले बुधवार पत्रकार सम्मेलन गरी ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जानकारी गराएको हो ।

प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको नव निर्माण हलमा आयोजना हुनेछ । कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ ।

लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् । लिग कम नकआउट फर्म्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार छ ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २७ खेल हुनेछन् ।

प्रतिक्रिया