स्थानीय तह निर्वाचनमा विद्युतीय मेसिन प्रयोगबारे छलफल हुँदै


काठमाडौं — सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगले तयारीमा तीब्रताका साथ लागिरहेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकबाट सरकारले आगामी वैशाख ३०, २०७९ का दिन स्थानीय तह निर्वाचन घोषणा गरेपछि आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए ।

देशैभरी विद्युतीय मतदान सम्भव नहुने स्पष्ट भइसकेको अवस्थामा शहरका केही जिल्लाहरुमा भने विद्युतीय मतदान गर्न सकिने विषयमा आयोगमा छलफल चलिरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक साताको समयावधि तोकेर एक कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया