विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषित


विराटनगर – सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ। बर्ड फ्लु नियन्त्रण गर्न विराटनगर महानगरपालिका– १८ को हिमालयन कृषि फार्मलाई केन्द्र बिन्दु मानेर त्यस हासपासको क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

दुई साताअघि हिमालयन कृषि फर्ममा पालिएका कुखुरा ठूलो संख्यामा मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो।

यसअघि मोरङको ग्रामथान, बुढीगंगा र कटहरीका गाउँपालिकाका कुखुरा फार्ममा पालिएका कुखुरामा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया